नालीवेली १९, चैत, चितवन । सत्ताको आडमा आफ्ना गम्भिर लापारवाही र गैरकानूनी कामलाई बचाउँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ। युवराज सफलले आइतबार दिउँसो महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट विश्वासको मत लिने वाहानामा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछाने विरुद्ध मुद्दा नचल्ने निर्णय गत चैत ६ गते महान्यायधिवक्ता दिनमणि पोखरेल मार्फत गरेका थिए । त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेविरूद्ध मुद्दा चलाउन आवश्यक नभएको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा बुझाएका थिए। अमेरिकी राहदानी हुँदाहुँदै लामिछानेले नेपाली राहदानी लिएको भन्दै उनीमाथि अनुसन्धान गरेर मुद्दा चलाउन गृह मन्त्रालयमा उजुरी परेको थियो। खारेज भएको नागरिकता प्रयोग गरेर नेपालमा आफ्ना राजनीतिक लगायतका गतिविधी गर्दै आएका लामिछाने विरुद्ध परेको मुद्दामा सर्वोच्च अदातलले उनको सांसद पद खारेज गरिदिएपछि उनले नयाँ नागरिकता लिएका हुन् ।