• आइतबार, साउन १० गते २०८३
  • अहिले चर्चामा :

१२० रुपैयामै थकाली खाना


नाली बेली

१२० रुपैयामै थकाली खाना

जिरामसिना चामलको भात, तरकारी, दाल, गुन्द्रुकको अचार, करेला, साग सहितको थकाली खाना ग्राहकहरुलाई उपलब्ध गराउदै आएको सञ्चालक यादब खनालले जानकारी दिए ।

खाद्यान्न बस्तुको बजार भाउ आकासिदा समेत भरतपुरको मार्फा किचनले १२० रुपैयामा थकाली खाना विक्री गरिरहेको पाइएको छ । तीन बर्ष अघि एक सय रुपैयाबाट खाना विक्री गर्न थालेको सो किचनले अहिले भने १२० रुपैयामा खाना खुवाउदै आएको छ । मार्फा किचनले १२० रुपैयामा साधा खाना विक्री गरिरहेको छ । जिरामसिना चामलको भात, तरकारी, दाल, गुन्द्रुकको अचार, करेला, साग सहितको थकाली खाना ग्राहकहरुलाई उपलब्ध गराउदै आएको सञ्चालक यादब खनालले जानकारी दिए । उनले १८० रुपैयामा चिकन र २५० मा मटन खाना विक्री गर्दै आएको बताए । उनको किचनमा सामान्य मान्छेदेखि सरकारी कर्मचारी तथा डाक्टरहरु समेत खाना खान आउछन् । २०७७ सालमा भरतपुर १० सप्तगण्डकीचोकबाट मार्फा किचन सुरु गरेका खनालले भरतपुर सरकारी अस्पताल अगाडि र क्यान्सर अस्पतालको एक नम्बर गेट नजिक गरी तीन ठाउँमा व्यवसाय सञ्चालन गरेका छन् । तीन ठाउँमा गरेर उनले ९०० जनालाई दैनिक खाना खुवाउछन् । अहिले सम्म दुई करोड लगानी गरेका खनालले २४ जनालाई रोजगारी दिएका छन् । रोगजागरीको लागि साउदी गएका खनाल त्यहाबाट १२० हजार लिएर स्वदेश फर्किए । स्वदेश फर्किएपछि विभिन्न ठाउँमा व्यवसाय सुरु गरेका खनालले पछिल्लो समय भरतपुरमा रेष्टुरेन्ट सहितको खाना व्यवसाय सुरु गरेका हुन । तीन बर्ष अघि एक सय रुपैयामा साधा खाना विक्री गरेको हुँ उनले भने खाद्यान्न बस्तुको बजार भाउ आकासिदै जाँदा समेत १२० रुपैयामा खाना विक्री गर्न सकेको छु । खानाको अलवा उनको किचनमा तास, मम, चाउमिन, सेकुवा तथा खसिको भुटन समेत पाइन्छ । स्थानीय आवश्यकताको पहिचान गरी खानाको परिकार बनाउने गरेको छु उनले भने एक पटक खाना खाएको मान्छे पटक पटक आउनुहुन्छ । उनको किचनमा नियमित खाना खान आउने ग्राहकको संख्या ठुलै छ । ग्राहक धेरै भएर कर्मचारीले नभ्याउदा खनाल आफैले भान्सामा काम गर्छन् । मलाई अधिकाँस खाना बनाउन आउछ उनले भने कर्मचारीले नभ्याउदा आफै खाना बनाउछु । दक्ष्य जनशक्ति उत्पादनको लागि बेरोजगार युवायुवतीलाई तालिम दिएर मार्फा किचनमै रोजगारी दिने योजना खनालले बनाएका छन् । अनुभवी प्रशिक्षकबाट तालिम दिने र उनीहरुलाई आफ्नै व्यवसायमा रोजगारी दिने योजना बनाएको उनले बताए ।


प्रकाशित : शुक्रबार, साउन १९ २०८०११:०९
प्रतिक्रिया दिनुहोस